समाचार

लिडरसिपको भिजन एमालेसँग मात्रै रहेको महेश बस्नेतको दाबी

Sharing is caring!

जेठ २७, २०८० । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताए ।

‘नेपाली जनताले विकास, समृद्धि र परिवर्तन चाहेका छन् । त्यो पनि तीव्र गतिमा चाहेका छन् । त्यसको निमित्त मुलुकमा स्थिर सरकार चाहेका छन् । राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने, ‘स्थिर सरकारभित्र भिजन भएको र दृष्टिकोण भएको लिडरसिपले मात्रै त्यो पूरा गर्न सकिन्छ भन्ने कुराको अन्तराष्ट्रिय अनुभव र नेपालको अनुभव हामीसँग छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको उनको दाबी छ । भारतमा आगामी २०२४ मा हुने निर्वाचनमा भाजपाले दुईतिहाईको अपेक्षा गरिरहेको प्रसंगलाई जोड्दै स्थितर सरकार नभएसम्म मुलुकमा विकास नहुने उनले बताए । अहिलेको सरकारले विकासका क्षेत्रमा कुनै भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ ।

कुनै दलको बहुमत नभएको अवस्थामा प्रतिपक्ष पनि बलियो नहुने र साना दलले च्याखे थाप्ने गरेको उनको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रमको उपलब्धी केही पनि नरहेको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *