मनोरञ्जन

‘मिस नेपाल पिस २०२४’को फाइनल जेठ पाँच गते हुने

Sharing is caring!

वैशाख २९, २०८१ । नर्सिङ सुन्दरीहरुको सहभागिता रहने एकमात्र सौन्दर्य प्रतियोगिता ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ का २४ सुन्दरीले राजधानीमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । यो प्रतियोगिताको फिनाले आगामी जेठ ५ गते राजधानीमा हुँदैछ ।

ट्यालेन्ट राउन्ट अन्तर्गत उनीहरुले नृत्य, गायनसहित विभिन्न प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्डमा कोरियोग्राफर रोशन गहतराज, सह–प्राध्यापक डा. स्कृति मास्के, ‘मोडल हन्ट नेपाल २०२४’ विजेता रोनिश खड्गी, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, एनक्लेक्स नेपाल एमडी सजना केसी, गायक तथा अभिनेता कोशिस क्षेत्री निर्णायक थिए ।

सातौं संस्करणको यो प्रतियोगितामा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी प्रतियोगी छन् ।

ट्यालेन्ट राउण्डको विजेता पनि फाइनलमा घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायी बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *