समाचार

प्रधानमन्त्री ओली थप उपचारका लागि सिंगापुर जाँदै

Sharing is caring!

भदौ १, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुरजाने भएका छन् । एक साताअघि मात्र सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’का लागि यसै साता सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओली भदौ ४ या ५ गते सिंगापुर प्रस्थान गर्ने जनाइएको छ ।

१२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

प्रधानमन्त्री ओली सिंगापुर जानेभएपछि पार्टीका दुई अध्यक्षमध्ये अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यवाहक अध्यक्ष बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *