न्यूरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयको अवरोध
साउन ४, २०८१ । काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीले फेरि अवरोध गरेका छन् । शुक्रबार न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै उनीहरु सडक प्रर्दशनमा उत्रिएका हुन् ।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबार बिहानदेखि न्यूरोडमा फुटपाथको काम र कालोपत्रे भत्काउन सुरु गरेको थियो । तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै विरोध प्रर्दशन गरेका हुन् ।
‘सयौं वर्ष पुरानो हो । यो त एउटा ईतिहास भइसकेको कुरा जनताले सरकारलाई कर तिरेर त्यहाँ बनाईसकेको घरलाई दखल गर्न पाईदैन्’, एक स्थानियले भने ।
यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो ।
स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर काटेको कालोपत्रे पनि टालेको थियो ।

