समाचार

ठमेलमा प्रथम नेपाल स्याउ मेलाको तयारी

Sharing is caring!


असोज ८, २०८१ । किसान भेन्चरले प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला) आगामी असोज १७ गते देखि सुरु गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भेन्चरले आगामी असोज १७ गते देखि १९ गतेसम्म तीन दिन मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्ने र विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

‘नेपालमा नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवद्र्धन गर्नु हो । महोत्सवमा स्याउ उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकले भोग्नुपरेका चुनौतिहरुको उजागर गर्नेछ । स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।’

साथै यसले स्थानीय रुपमा उत्पादन गरिएको स्याउको बारेमा ग्राहकलाई जानकारी दिइ स्वस्थ्य स्याउ छनोट गर्न सहयोग पुर्याउने विश्वास पनि आयोजकले लिएको छ । मेला होटल मनाङमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *