समाचार

कांग्रेस भ्रष्टाचार विरुद्ध चुईक्क बोल्न सक्दैन : अध्यक्ष ओली

Sharing is caring!

साउन १२, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस भ्रष्टाचारको विरुद्ध चुईक्क बोल्न नसक्ने पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार भक्तपुरमा आयोजित नेकपा एमाले जन संगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुसाले समेत मौका मिलाएर चुईक्क गर्ने गरेको तर कांग्रेसले त त्यति पनि गर्न नसकेको दावी गरे ।

उनले भने ‘ लोकतन्त्रको पक्षमा पनि छैन्, भ्रष्टाचारको विरुद्धमा पनि उभिदैन्, चुईक्क बोल्दैन् मुसाले त मौका मिलाएर चुईक्क गर्छ तर कांग्रेसले त मौका मिलाएर नि भ्रष्टाचारको बारेमा चुईक्क बोल्दैन् । ’

कांग्रेसप्रति थप कठोर हुँदै अध्यक्ष ओलीले भने कांग्रेसको अहिले दुर्गति नै भएको बताए । कांग्रेसले अहिले ढाडमा माओवादीको ढाकर बोकेर लुरुलुरु हिडिरहदा उस्को भाग्यमा केही पनि छैन झै भएको व्यङ्ग पनि ओलीले कसे ।

उनले भने ‘ भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिदैन् जितिन्छ भनेर आराम गरेर बस्ने उपर खुट्टी लाएर बस्ने, जितिहालिन्छ नि हामीले बाहेक कसले जित्ने भनेर अरुको नसिवमा नै छैन् भन्ने हो भने अहिलेको नेपाली कांग्रेसलाई हेरे हुन्छ । नेपाली कांग्रेसको पनि नसिवमा यति चाँडै यो दुर्गति माओवादीको ढाकर बोकेको हेर त ? अहिले कांग्रसको दुईपट्टी खुट्टा टिलिक्क परेका जुत्ता लगाएको खुट्टा एकापट्टी झारेर प्रचण्ड कानमा कांग्रेस समातेर हिडेका छन् कांग्रेस लुरुलुरु अब कठै बरा भन्न सकिन्छ । कांग्रेसका नराम्रा पक्ष सारै डर लाग्ने छन् । ’

अहिले लखन थाापाको पालाको जस्तो एमाले कमजोर नरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले बलियो र सशक्त बनाएको राष्ट्रिय धारलाई कमजोर बनाउँने खेल भइरहेको बताए । देशको लागि पनि एमालेले हार्न नमिल्ने बताउँदै उनले राष्ट्रिय स्वाभिमानको रक्षाको लागि पनि एमालेले जित्नै पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *