देश

गृहमन्त्री लेखकको बर्खास्ती माग गर्दै सर्वोच्चमा रिट दायर

Sharing is caring!

जेठ ९, २०८२ । गृहमन्त्री रमेश लेखकको पदबाट बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता मधु चौलागाईद्वारा दायर उक्त रिटमा लेखकले गृहमन्त्रीका रूपमा नैतिकताको आधार गुमाएको भन्दै पदबाट हटाइनुपर्ने माग गरिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार रिट दर्ता हुने वा नहुने भन्ने विषयमा निर्णय आउँदो आइतबार हुनेछ।

भिजिट भिसाका नाममा भइरहेको आपराधिक गतिविधिमा गृहमन्त्रीको सचिवालयका व्यक्तिहरूको संलग्नता रहेको आशंकासँगै उनीमाथि छानबिनको माग तीव्र बनेको बेला रिट परेको हो।

यसअघि भिजिट भिसा दुरुपयोग प्रकरणमा अध्यागमनका उच्च अधिकारीहरू मुछिएको विवरण सार्वजनिक भएपछि गृह मन्त्रालयको भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *