समाचार

आज विश्व दूरसञ्चार दिवस मनाइँदै

Sharing is caring!

जेठ ३, २०८२ । आज विश्वभर दूरसञ्चार दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। यस वर्षको मूल नारामा ‘दीर्घकालीन विकासका लागि डिजिटल नवप्रवर्तन’ मा जोड दिइएको छ।

नेपालले पनि विश्व दूरसञ्चार संघ (आईटीयू) को सदस्य राष्ट्रको हैसियतले यो दिवस मनाउँदै आएको छ। आईटीयू विश्वभर दूरसञ्चार तथा डिजिटल प्रविधि सम्बन्धी नीतिगत सहयोग, फ्रिक्वेन्सी व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सक्रिय भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय संस्था हो।

नेपाल सरकारले आगामी १० वर्षलाई सूचना प्रविधि दशक घोषणा गरेको छ। सोहीअनुसार दूरसञ्चार र डिजिटल पूर्वाधारको दीर्घकालीन विकासका लागि नीति तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *