खेलकुद

महिला टी-२० विश्वकप एसिया छनोट: नेपालले बहराइनलाई ९ विकेटले हरायो

Sharing is caring!

वैशाख २७, २०८२ । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हराएको छ।

तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले ४२ रनको लक्ष्य नेपाललाई दिएको थियो। नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर सो लक्ष्य पूरा गर्‍यो।

नेपालको लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदै टिमलाई जित दिलाइन्। सम्झना खड्का १३ रनमा र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ५ ओभरमा ४१ रन बनाएको थियो। कप्तान दिपिका रंगासिकाले आक्रमक ब्याटिङ गर्दै १३ बलमा ३४ रन बनाइन्। यद्यपि, बहराइनको शुरुवात सुस्त रहेपछि कप्तान दिपिकाको आक्रमक ब्याटिङले ५ ओभरमा चुनौतीपूर्ण योगफल बनाउन मद्दत पुर्यायो।

पहिलो खेल हङकङसँग वर्षाका कारण रद्द भएको थियो, जसको परिणाम स्वरूप नेपाल र हङकङले १-१ अंक बाँडे। अब नेपालले मंगलबार हङकङसँग अर्को खेल खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *