समाचार

हनुमानढोका दरबार क्षेत्र पुनः खनिएपछि आलोचना, पर्यटनमा असर पर्ने चिन्ता

Sharing is caring!

वैशाख २२, २०८२ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा नयाँ ढुङ्गा बिछ्याएको केही महिनामै सोही ठाउँ पुनः खनिएपछि आलोचना बढेको छ। करिब ६ महिना अघि पुराना ढुङ्गाहरू हटाएर नयाँ ढुङ्गा बिछ्याइएको क्षेत्रमा अब विद्युतीय तथा सञ्चार सेवा भूमिगत गर्न खन्न थालिएको हो।

महानगरले त्यस क्षेत्रमा पानी रिचार्ज हुने हिसाबले कङ्क्रिट बिना नै ढुङ्गा छाप्ने कार्य गरेको थियो। तर, विद्युत प्राधिकरण, नेपाल टेलिकम र अन्य निकायहरूका तार भूमिगत गर्न पुनः खनाइँ गर्दा पुरानो मेहनत खेर जाने देखिएको छ।

विशेषगरी विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र बारम्बार खन्नु उचित नभएको विज्ञ र स्थानीयको भनाइ छ। उनीहरूले यसले ऐतिहासिक क्षेत्रको सौन्दर्यमा असर मात्र नपारेर पर्यटकमा नकारात्मक सन्देश प्रवाह गर्ने र समग्र पर्यटन क्षेत्रमै असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासी र संरक्षणकर्मीले पूर्वसमन्वयबिना गरिएको विकास निर्माणले सम्पदा संरक्षणको मर्म र पर्यटन प्रवर्द्धनमा बाधा पुर्‍याउने भन्दै यस्ता गतिविधिमा सावधानी अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *