विदेश

हामी चमत्कार होइन, खाना मागिरहेका छौं – गाजाबाट डाक्टरको हृदयविदारक चीत्कार

Sharing is caring!

जेठ ७, २०८२ । झण्डै तीन महिनादेखि जारी इजरायली आक्रमण र पूर्ण मानवीय सहायता नाकाबन्दीले गाजामा गम्भीर संकट निम्त्याएको छ । उक्त संकटको सबैभन्दा गहिरो असर बालबालिकामा परेको एक वरिष्ठ प्यालेस्टिनी डाक्टरले बताएका छन् ।

गाजास्थित नासर मेडिकल कम्प्लेक्सका बालरोग तथा मातृस्वास्थ्य विभाग प्रमुख डा. अहमद अल-फर्राले गाजाको अवस्था ‘अविश्वसनीय’ भएको उल्लेख गर्दै भनेका छन्, “हामी चमत्कार होइन, केवल खाना मागिरहेका छौं ।”

उनका अनुसार बालबालिका भोकले, घाइते अवस्थामा उपचार नपाएर मर्न बाध्य छन् । उनले अमेरिकी सञ्चार संस्था एबीसी न्यूजसँगको कुराकानीमा गाजाको स्वास्थ्य प्रणाली पूर्ण रूपमा ध्वस्त भएको बताएका हुन् ।

गाजाको उत्तरतर्फ कुनै पनि सार्वजनिक अस्पताल सञ्चालनमा नरहेको र दक्षिण गाजाको सबैभन्दा ठूलो अस्पताल नासर मेडिकल सेन्टर समेत पटक–पटक इजरायली हवाई आक्रमणको निशानामा परेको डा. अल-फर्राले बताए ।

“मैले मेडिकल किताबमा पढेका दृश्यहरू – भोकमरी, औषधिको अभाव, घाइते बालबालिका – अहिले मेरो आँखाअगाडि वास्तविकताका रूपमा देखिँदैछन्,” उनले भने ।

गाजामा औषधि, खाना, पानी र उपचारको चरम अभाव छ । चिकित्सकहरू स्वयं पनि भोकभोकै बिरामी हेर्न बाध्य छन् । अस्पतालमा आवश्यक उपकरण, औषधि र जनशक्ति समेत नहुँदा सामान्य उपचारसमेत सम्भव छैन ।

“गाजा अब भोक, बम र बेवास्ताको बन्धक बनेको छ,” डा. अल-फर्राले भावुक हुँदै भने । “हामीलाई चमत्कार होइन, मानवताको आधारभूत आवश्यकता चाहिएको हो – खाना, पानी र औषधि ।”

उनले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा राहत सामग्री पु¥याउन तुरुन्त हस्तक्षेप गर्न आग्रह गरे । विभिन्न सहायता एजेन्सीहरूले समेत मानवीय सहायता सहज रूपमा गाजा पुग्न दिन बारम्बार आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *