भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाऊमा सत्तारूढ दल, राजीनामा माग्दै विपक्षी
जेठ १२, २०८२ । ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने चौतर्फी माग बढ्दै गर्दा सत्तारूढ दल भने ‘बचाऊ’मा लागेको छ । प्रतिपक्षी दलका साथै सामाजिक सञ्जालमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै अनुसन्धानमा सघाउनुपर्ने माग उठिरहेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसले आधिकारिक रूपमा यस प्रकरण’दयगत केही बोलेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा मौन छन् । हरेक महŒवपूर्ण विषयमा चर्को आवाज उठाउने महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताले ‘मौनता’ सा“धिरहेकै बेला कांग्रेसकै नेता डा. शेखर कोइरालाले ‘राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने’मा जोड दिएका छन् ।
संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ । प्रतिपक्षी दल रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दैगर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आधिकारिक धारणा सार्वजनिक भएको छैन । यद्यपि, माओवादी केन्द्रका नेताले भने लेखकको आलोचना गर्दै विरोधमा अभिव्यक्ति दिइरहेका छन् ।
कांग्रेससहित साना दलको समर्थनमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्दै आएका छन् । तर, प्रधानमन्त्री ओली पनि मौनता साँधिरहेका छन् । सानादेखि ठूला मुद्दामा प्रतिक्रिया व्यक्त गर्ने नेता हुन् ओली । तर, आफ्नै मन्त्रिपरिषद्का सदस्य एवं गृहमन्त्रीका ’दयगतमा उनको मौनता अर्थपूर्ण रहेको देखिन्छ ।
‘भ्रष्टाचारीको मुखै हेर्दिन“’ भन्दै आएका प्रधानमन्त्री ओलीले आफ्नै अगाडि गृहमन्त्री लेखकलाई राखेर छलफल गरे । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित कांग्रेस–एमालेका अन्य शीर्ष नेतासमेत सहभागी थिए ।
छलफलमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा, कृषिमन्त्री रामनाथ अधिकारीलगायत नेता सहभागी रहेको बालुवाटार स्रोतले बतायो ।
भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेका बेलामा गृहमन्त्रीसहित दुई दलका शीर्ष नेताबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आइतबार नै एमालेको सचिवालय बैठक बसेको थियो । तर, बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने विषय आवाज उठाउन सकेन । सुशासनको कुरा गर्दै आएका एमालेका नेताहरू त्यस’दयगतमा किन मौन ? भन्दै एमालेको समेत आलोचना भइरहेको छ ।
एमाले महासचिव शंकर पोखरेलले गृहमन्त्री लेखकमाथि लागेको आरोपले मात्रै सबै कुराको निर्धारण नगर्ने जनाएका छन् । एमालेले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको संलग्नता’दयगत अभियोजन र अनुसन्धान गर्ने निकायहरूले नै गर्ने जनाएको छ ।
‘अनुसन्धान र अभियोजन गर्ने निकायहरू छन्, राजनीतिक दलहरू नै सुशासनको पैरवी गर्छन्,’ एमाले महासचिव पोखरेलले भने । गृहमन्त्रीलाई राजीनामा दिन लगाउनुहुन्छ भन्ने प्रश्नमा पोखरेलले भने, ‘आरोप मात्रैले सबै कुराको निर्धारण गर्दैन, के भएको छ भन्ने कुरामा सम्बन्धित निकायको ध्यान पुगेकै होला नि †’
एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णयसमेत गरेको छ । बैठकले १५ जेठमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव पोखरेलले जनाएका छन् ।
काठमाडौंको एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजसंस्था, हिन्दूराष्ट्र, संघीयताको खारेजीसहित माग गर्दै आन्दोलनरत राजावादीप्रति आक्रमक रूपमा प्रस्तुत भए पनि नक्कली भिजिट भिसा काण्डमा मुछिएका आफ्नै गृहमन्त्री लेखकका ’दयगतमा एक शब्दसमेत खर्चिएनन् ।
प्रधानमन्त्री ओलीले १५ जेठको आन्दोलनको घोषणा गर्नेहरू राजावादी नभई खाओवादी रहेको टिप्पणी गरे । ‘यो १५ गते तथाकथित राजावादीहरू‘, यी राजावादी–साजावादी केही होइनन्, खाओवादी हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यिनीहरू के भनेर नारा लाउँथे रु हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, हिजो बेलुका पनि नारायणहिटीअगाडि त्यै पो भन्दै रहेछन् (हाँस्दै) ।’
राजा प्राणभन्दा प्यारो भए वीरेन्द्र शाहको वंशनास हुँदा कहाँ थिए भन्दै प्रधानमन्त्रीले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकाण्ड हुँदाखेरि यिनीहरू कहाँ गएका थिए रु,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
राजावादी र मण्डलेको बानी नै झुटा र बेइमान कुरा गर्ने रहेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सबै झुटा, बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने मण्डलेहरूको स्वाभाव हो, बानी हो, जनता अलमल्याउने, भ्रममा पार्ने ।’
रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता प्रमाणित भए जेल जानुपर्ने बताए । आइतबार नै बसेको रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरू’दयगत जानकारी दिँदै झाले यस्तो बताएका हुन् ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूले यो प्रमाणित भयो भने म राजनीति छोडिदिन्छु भन्नुभएको छ, प्रमाणित भयो भने त राजनीति छाड्ने होइन, जेल जाने हो, राजनीति छोड्नैपर्छ त्यसपछि,’ रास्वपा कार्यवाहक प्रवक्ता झाले भने, ‘अरू दलको नेतालाई त प्रमाणित नभएर जेलमा थुन्नुभएको छ नि † त तपाईंले तपाईंहरूको चाहिँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरूलाई त प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नुभएको छ, थुनिरहनुभएको छ, त्यसको जवाफ के त रु कि पुरानो दललाई चाहिँ प्रमाणित हुनुपर्ने हो, नयाँ दललाई चाहिँ दर्ता हुँदैमा जेलमा थुनिदिने हो कि ?
रास्वपाले यस्तो बताउँदै गर्दा कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कुनै कार्यालयको कर्मचारीले गल्ती गरेकै आधारमा गृहमन्त्रीलाई त्यस प्रकरणमा मुछ्न नहुने दाबी गरे । कर्मचारीले गल्ती गरेकै आधारमा प्रमुखले राजीनामा दिँदै जाने हो भने राज्य व्यवस्था नै नचल्ने उनले बताए ।
‘कुनै अड्डा अदालतको, कुनै कार्यालयको एक कर्मचारीले गल्ती गर्छ भने ऊ जवाफदेही हुन्छ, ऊ जिम्मेवार हुन्छ, त्यस्तो अवस्थामा कार्यलयको प्रमुखले नै राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा हामीले उठायौं भनेदेखि राज्य व्यवस्था यसरी चल्दैन,’ सिटौलाले भने । यो खबर राजधानीबाट लिएका हौ ।

