देश

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे दिए सदनमा जवाफ

Sharing is caring!

असार ६, २०८१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाका विशेषमा छलफल गर्न नभइ अनौपचारिक भ्रमण रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दाहाल जेठ २७ र २८ गते भारत भ्रमणमा गएका थिए ।

‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न होइन । जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो । सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो । यो पटकको भ्रमण त्यो किसिमको होइन,’ उनको भनाइ छ ।

केही सांसदहरुले आफूलाई संसदमा आउन किन डराएको भनेको उल्लेख गर्दै आफूले आज प्रश्न सोध्ने सांसदहरुलाई सदनमा उपस्थित नभएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *