समाचार

एउटा काण्ड सेलाउन पाएको हुँदैन् अर्को काण्ड आउछ : महामन्त्री थापा

Sharing is caring!

मंसिर २४, २०८० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहभागी सरकारबाट विभिन्न काण्ड भइरहेको भन्दै त्यसको जरोमा पुग्न आवश्यक भएको बताएका छन्।

पार्टी मुख्यालय सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण कार्यक्रममा उनले अहिले कांग्रेस सहभागी सरकारमाथि नै प्रश्न उठ्ने गरी काण्डमाथि काण्ड थपिएको भन्दै नेपाल पुकारले त्यसको जरोमा पुगेर तत्थ्य बाहिर ल्याउनु पर्ने बताए ।

‘आज हामी सरकारमा छौं । आजको दिनमा कसैले नागरिकलाई गएर सोध्यो भने कुशासनबाट नागरिकहरु आजित भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन् अर्को काण्ड आउछ , अहिले एनसेल काण्ड आयो यो सेलाउन पाएको हुँर्दैन् अर्को आउँछ ।’ उनले भने ‘यो काण्डहरु कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको, की अभिव्यक्तिसँग जोडिएको छ ।

हामी सरकारमा भएको बेला कुशासनको घटना, काण्ड किन भईरहेका् छन् ? जरामा के छ ?नेपाल पुकारले यसको बारे चर्चा गर्नुपर्छ ।’ उनले सम्पूर्ण काण्डकोहरुको सत्थ्य तथ्य बाहिर ल्याइनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *