देश

टीआरसी सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Sharing is caring!


भदौ १३, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *