समाचार

ऊर्जा क्षेत्रमा आठ नीतिगत सुधार, १० वर्षभित्र २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

Sharing is caring!

वैशाख २३, २०८२ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८१ मा ऊर्जा क्षेत्रमा ऐतिहासिक नीतिगत सुधारहरू गर्दै आत्मनिर्भरता र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखेको छ।

मन्त्रालयले आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५,००० मेगावाट विद्युत् विदेशी बजारमा निर्यात गर्ने लक्ष्यसहितको दीर्घकालीन योजना अघि सारेको छ।

ऊर्जामा सबैका लागि समान पहुँचको सुनिश्चितता गर्न मन्त्रालयले प्रत्येक विपन्न घरपरिवारलाई बिना घिटो सेयरको व्यवस्था मिलाउने नीति स्वीकृत गरेको छ। यसले ऊर्जा क्षेत्रमा नागरिक सहभागिता र आर्थिक समावेशीतालाई टेवा पुर्‍याउने विश्वास गरिएको छ।

मन्त्रालयले संसदमा विद्युत् विधेयक, जलस्रोत विधेयक, नविकरणीय ऊर्जा प्रवर्द्धन र ऊर्जा दक्षतासम्बन्धी विधेयकहरू पेश गरेको छ। साथै, यिनको कार्यान्वयनमार्फत ऊर्जा क्षेत्रको संरचनात्मक सुधार, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण निर्माण गरिने लक्ष्य लिएको छ।

यी सुधारहरू नेपाललाई ऊर्जा समृद्ध राष्ट्र बनाउने दिशातर्फको ठोस पाइलाका रूपमा हेरिएको छ। साथै, छिमेकी मुलुकहरूसँगको विद्युत् व्यापार र साझेदारीले नेपालको आर्थिक कूटनीति र व्यापार सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *