देश

शहरको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

Sharing is caring!

असोज ६, २०८१ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । 

आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सिंहले शहरी क्षेत्रमा देखापरेका समस्यालाई  नीति नियम बनाएर समधान गरिने बताए ।

उनले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाउन जरुरी रहेको बताए । 

उनले भने, ‘टाउन डेभलपमेन्ट शहरलाई विकास गर्ने क्रममा देखा परेका समस्याहरुलाई  पहिचान गरेर नीति नियम बनाएर ऐनमा लानका लागि प्रयास भइरहेका छन् । ग्रोथको इन्जिन भनेको शहरमै हो त्यसैले शहरलाई  अलि व्यवस्थापन  गर्दै लग्नुपर्छ । शहरलाई व्यवस्थित गर्दै गरे अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरुलाई खोजेर समाधान गर्नुपर्छ ।’

यस्तै उनले शहरी क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई पत्ता लगाएर विधी प्रकृया अनुसार ऐन बनाउनुपर्ने बताए ।  उनले शहरको विकास गर्ने क्रममा राज्यलाई मात्र नभएर निजी क्षेत्रहरुलाई पनि समावेश गर्नुपर्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *