देश

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण : सभामुख घिमिरे

Sharing is caring!


असार २९, २०८१ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्वपुर्ण योगदान रहेको बताएका छन् । आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए ।

उनले भने, ‘हुन त भानुभक्तले त्यतिबेलाको अध्यात्मिक रामायण, खासगरि संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ । तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सहि कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने कामहरु गरियो ।

भानुभक्तले रामायणलाई नेपालीमा लेखेर आधुनिक रामायण बनाइरहँदा ति खण्डहरुमा गरेको वर्णनहरुले नेपाली भाषा केहो भनेर नेपालको मेची देखि महाकालीसम्म रहेका भाषाभाषीहरु सजिलोसँग बुझन्े गरि ल्याउने कुरा र नेपाली पनको विकास गर्ने कुरामा महत्वपुर्ण योगदान दिएको छ । यदि भानुभक्तले त्यो योगदान नगरेको भए भाषा यस रुपबाट नेपालमा राष्ट्र बनाउने सन्दर्भमा पनि केही कठिनाईहरु आउन सक्थे होलान् ।’ नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गरेजस्तै भानुभक्तले भाषा र साहित्यको माध्यमबाट उतिक्कै महत्वपुर्ण अभियान थालेको बताए ।

उनले भने, ‘नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले जसरि राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गर्नुभयो । त्यो समयमा विर रस, भक्ति रस र राष्ट्र एकिकरण गरेर ठुलो राष्ट्रका स्वाभिमानी नेपाली बन्ने चाहानामा आधारित केहि कविताहर आए । खासगरि १८७२को सुगौली सन्धीमा राष्ट्र निर्माण गर्ने कुरामा धक्का खाएर नेपाल खुम्चिरहँदा साहित्यले पारिरहेको प्रभाव र कविहरुले रचना गरिरहेका कविताहरुमा निराशा छाएको पाइन्छ । त्यसपछि दशरथका छोरा रामको रचना गर्ने कुराहरुमा आदिकवि भानुभक्तले अग्रसरता लिएको पाइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *