च्यासलमा एमाले सचिवालय बैठक सुरु, लोकतन्त्र दिवसमा युवा महोत्सवको तयारी
वैशाख १, २०८२ । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। केही समयअघि प्रारम्भ भएको उक्त बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीका नियमित कार्यक्रमहरू र आगामी अभियानबारे छलफल भइरहेको जनाइएको छ।
बैठकले वैशाख ९ गते मनाउन लागिएको पार्टीको ७६औं स्थापना दिवस र वैशाख ११ गते आयोजना गर्न लागिएको युवा महोत्सवसम्बन्धी तयारीको समीक्षा गर्ने अपेक्षा गरिएको छ। लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा भव्य युवा महोत्सव गर्ने तयारीमा रहेको एमालेले त्यस दिन ४० वर्ष मुनिका युवाहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने योजना बनाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वैशाख ११ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउने लक्ष्यसहित सम्पूर्ण जनसंगठनहरूलाई सक्रिय रूपमा जुट्न निर्देशन दिएका छन्। एमालेले उक्त दिनलाई राजतन्त्रको अन्त्य गर्दै जनताले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धिको उत्सवको रूपमा मनाउने जनाएको छ।

