यूएईका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउदै
वैशाख ९, २०८२ । संयुक्त अरब इमिरेट्स (यूएई)का परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल भ्रमणमा आउँदैछन्। उपप्रधानमन्त्री समेत रहेका शेख अब्दुल्लाह दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ चार्टर्ड विमानमार्फत काठमाडौं अवतरण गर्ने छ।
नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी छ। भ्रमणका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन परराष्ट्र मन्त्रालयले मिलाएको जनाइएको छ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध सुदृढीकरण, श्रम तथा लगानी सम्बन्धी विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। शेख अब्दुल्लाह बुधबार साँझ नै स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ।
यसैबीच, नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवा भने हाल बैंकक भ्रमणमा रहेकी छन्।

