समाचार

एमालेले माग्यो गृहमन्त्री लेखकको जवाफ

Sharing is caring!

भदौ २४, २०८१ । नेकपा एमालेले पाँचथरमा विष्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले यस्तो गम्भीर घट्नामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएके भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् ।

उनले भने, ‘सरकारले यस्तो घट्नामा गम्भीतारकासाथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यता यतिका दिन भइसक्दा समेत यो घटनामा जोडिएका दोषी को हो ? यो बारेमा सरकारले सदनमा आएर बताउनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा आएर जानकारी गराउनु बढि उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु ।’

उनले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा बाहिर आइरहेको पनि बताए । गत बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ मासकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *