Headlineदेश

पर्सामा ३१९ केजी चरेशसहित ट्रक चालक पक्राउ

Sharing is caring!

असार १२, २०८२ ।  पर्सा प्रहरीले ठूलो मात्रामा लागुऔषध चरेशसहित एक ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

बिहीबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय पर्साले काठमाडौंबाट बीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३१९ केजी चरेश बरामद गरिएको जानकारी दिएको हो।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा ट्रक रोकी जाँच गर्दा ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा १३ पोकामा चरेश फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार ट्रकका चालक बुद्धी बहादुर स्याङतानलाई पक्राउ गरिएको छ। चालकको साथबाट नगद १ लाख ९२ हजार रुपैयाँ पनि बरामद गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त लागूऔषध भारत तर्फ लैजान लागिएको अनुमान गरिएको छ। हाल ट्रक, लागुऔषध र चालकलाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसूरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *