देश

बालुवाटार बैठक : संवैधानिक परिषद्का विषयमा छलफल

Sharing is caring!


भदौ २७, २०८१ । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच शुक्रबार बस्ने संवैधानिक परिषद् बैठकको तयारीका सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको हो ।

संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा नेताहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबार बिहान साढे १० बजे बालुवाटार पुगेका प्रचण्डसँग ओलीले झण्डै २० मिनेट एक्लै वार्ता गरेपछि देउवा पुगेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा सम्भव भए भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने तथा सम्भव नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *