विजनेस

आजको विदेशी मुद्राको विनिमयदर

Sharing is caring!

असार ११, २०८२ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकले प्रकाशित विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

युरोपियन युरोको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, बेलायती पाउण्डको खरिददर १८६ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै, स्वीस फ्रयाङ्कको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा रहेको छ ।

अन्य प्रमुख मुद्राहरूको विनिमयदर यसप्रकार रहेको छ:

अष्ट्रेलियन डलर: खरिद ८९.४०, बिक्री ८९.७९

क्यानेडियन डलर: खरिद १००.०९, बिक्री १००.५३

सिङ्गापुर डलर: खरिद १०७.२५, बिक्री १०७.७२

जापानी येन (१० को दरमा): खरिद ९.४७, बिक्री ९.५१

चिनियाँ युआन: खरिद १९.१४, बिक्री १९.२२

साउदी रियाल: खरिद ३६.५९, बिक्री ३६.७५

कतारी रियाल: खरिद ३७.६६, बिक्री ३७.८३

अन्य मुद्रामा थाइ भाटको खरिददर ४.२० र बिक्रीदर ४.२२, युएई दिरामको खरिददर ३७.३८ र बिक्रीदर ३७.५४, मलेसियन रिङ्गेटको खरिददर ३२.३४ र बिक्रीदर ३२.४९ रुपैयाँ रहेको छ ।

दक्षिण कोरियन वन (१०० को दरमा) को खरिददर १०.१० र बिक्रीदर १०.१४, स्वीडिस क्रोनरको खरिददर १४.४० र बिक्रीदर १४.४६, डेनिस क्रोनरको खरिददर २१.३६ र बिक्रीदर २१.४६ रुपैयाँ रहेको छ ।

यसैगरी, हङकङ डलरको खरिददर १७.४९ र बिक्रीदर १७.५६, कुवेती दिनारको खरिददर ४४८.९६ र बिक्रीदर ४५०.९२, बहराइन दिनारको खरिददर ३६४.०१ र बिक्रीदर ३६५.६१ तथा ओमनी रियालको खरिददर ३५६.५२ र बिक्रीदर ३५८.०८ रुपैयाँ निर्धारण गरिएको छ ।

भारतीय रुपैयाँ सयको दरले खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *