समाचार

माग सम्बोधन नभएसम्म राप्रपाले आन्दोलनलाई निरन्तरता दिने

Sharing is caring!

जेठ १४, २०८१ । राप्रपाले सरकारलाई बुझाएको माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार केन्द्रीय कार्य समिति बैठकको निर्णय सुनाउँदै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई पेस गरेकको ४० बुँदे माग अहिलेसम्म पनि सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘हामीले सरकारलाई जुन ४० बुँदे माग पेस गरेका थियौं, त्यो अहिलेसम्म पनि सम्बोधन नगरेको विषयमा फेरी ध्यानाकर्षण गराउने, सुशासन विकास र सेवा प्रवाहसँग सम्बन्धित विषयहरुमा तत्काल सम्बोधन गर्न र तत्कालिन माग र मुद्दाहरुमा सबै दलका बीच नवीन समझदारी निर्माणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गर्ने र हाम्रो मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।’

उनले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय भएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *