समाचार

नुवाकोट कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्छौ : गृहमन्त्री लेखक

Sharing is caring!


भदौ १५, २०८१ । गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उदघाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन् ।

‘गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने सय दिनमा गर्ने काम मध्येको एक हो । कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छौँ । यहा प्रशस्त जाग्गा छ, उनले भने, ‘त्यसको उपयोग गर्ने हो । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ । यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउँको पनि आर्थिक विकास हुन्छ ।’ कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । ‘कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ,’ लेखकले भने ।

कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो । ‘अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ ।’ ‘संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेको छ । त्यसले वर्तमान सरकार मानवअधिकारको विषय प्रतिबद्ध छ,’ उनले भने ।

२८ हजार कैदीबन्दी रहेकामा १२–१३ हजार क्षमताको कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीको चाप घढ्ने गृहमन्त्री लेखकले बताए ।
कार्यक्रम केन्द्रीय कारागार विभागका महानिर्देशक जयनारायण आचार्यले कैदीबन्दीको सबै खालका अधिकार सुरक्षित हुने गरि कारागार बनेको बताए । उनले अन्य देशका लागि पनि नेपालको यो कारागार व्यवस्थापन नमुना बन्न सक्ने बताए । उनका अनुसार कारागारमा २५, १४ र आठ जना राख्ने गरि काठको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *