गृहका सहसचिव तीर्थराज भट्टराई पक्राउ
जेठ ७, २०८२ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई केहीबेरअघि नियन्त्रणमा लिएको हो ।
सहसचिव भट्टराई हिजो बेलुकीमात्रै सरुवा भई गृह मन्त्रालयमा कार्यभार सम्हालेका थिए । सरुवाअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका प्रमुख अधिकृतको जिम्मेवारीमा थिए ।
भट्टराईलाई नियन्त्रणमा लिएसँगै अख्तियारको टोलीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । अख्तियारको अनुसन्धानका क्रममा भेटिएका केही अनियमितताको सन्दर्भमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । थप विवरण आउन बाकि छ ।

