समाचार

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

Sharing is caring!

चैत २८,२०८१ । आज तीनवटा संसदीय समितिहरूको बैठक बस्ने भएका छन्। यी बैठकहरूमा पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको समावेश छ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ, जहाँ विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गरिने छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजेबाट शुरु हुनेछ। यसमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट तयारीबारे छलफल गरिने छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ, जसमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *