यस्तो छ, आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य
असार १२, २०८२ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न तरकारी र फलफूलको अधिकतम थोक मूल्य तोकिएको हो।
निर्धारित मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५, र सानो (टनेल) ४८ रुपैयाँ तोकिएको छ। आलु रातो ४५, आलु रातो (भारतीय) ४०, आलु रातो (मुडे) ३९ र आलु सेतो ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भारतीय प्याज (सुकेको) ५० रुपैयाँ, गाजर (लोकल) ७० र गाजर (तराई) ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।
बन्दा (लोकल) ३५, काउली (स्थानीय) ८०, रातो मूला ४५, सेतो मूला (लोकल) ३०, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। भन्टा लाम्चो २०, डल्लो ४०, तने बोडी ४०, र मकै बोडी ५० रुपैयाँमा पर्न आएका छन्।
त्यस्तै, सखरखण्ड ७०, पिँडालु ८०, स्कूस ५०, रायो साग र पालुङ्गो साग ६०, चमसुुर र तोरी साग ४०, हरियो प्याज १००, च्याउ (कन्य) २००, च्याउ (डल्ले) ३७०, कुरिलो ३०० र निगुरो ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
ब्रोकाउली, चुकुन्दर र ग्याठकोभीको मूल्य ७० रुपैयाँ कायम गरिएको छ भने सजिवन १८०, रातो बन्दा १००, जिरीको साग १००, सौफको साग १२०, पुदिना १४०, इमली १७०, तामा १२०, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फुजी) ३३०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३५०, आँप (माल्द) ८५, आँप (दशहरी) ९०, अङ्गुर (हरियो) २५०, मौसम २००, जुनार २५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यसैगरी, भुइँकटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) ८०, काँक्रो (हाइब्रिड) २०, रुखकटहर ६०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) १०० र लिची (लोकल) २७० रुपैयाँ प्रतिकिलोमा कारोबार गर्न सकिने समितिले जनाएको छ।
समितिले मूल्य स्थिरता कायम राख्न तथा उपभोक्तालाई जानकारी दिन दैनिकरूपमा यस्तो मूल्य सूची प्रकाशन गर्दै आएको छ।

