यी प्रदेशमा हुनेछ भारी वर्षा
असार १४, २०८२ । हाल देशभर मनसुनी प्रणालीको सक्रियता देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा तथा बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको पनि पूर्वानुमान गरिएको छ ।
आज रातिको मौसम पनि यस्तै रहने बताइएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद्हबचूको अनुमान छ ।
मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन र भूस्खलन तथा बाढीको जोखिम भएका क्षेत्रमा सचेत रहन आग्रह गरेको छ ।

