समाचार

संविधान जोगाउन विद्रोह बाहेक विकल्प थिएन : अध्यक्ष नेपाल

Sharing is caring!

असार १४, २०८१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् ।

आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन् ।

उनले भने, ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर हामीले राजनीतिक स्थिरता कायम ग¥यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह ग¥यौँ । अत्यन्तै सही काम ग¥यौँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गरेका थियौं ।’

यस्तै, उनले विद्रोह गरेर न्यायोचित काम गरेको भन्दै पार्टीको कामबाट समाजमा भूमिकालाई स्थापित गरेको बताए ।

उनले भने, ‘नयाँ पार्टी निर्माण गरेर, विद्रोह गरेर न्यायोचित काम ग¥यौँ । नभए हामी हराइसकेका हुन्थ्यौँ । हामीले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ । र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भूमिकालाई स्थापित गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *