विजनेस

युरो र अमेरिकी डलरको भाउ निरन्तर बढ्दै, युरो १५३ नाघ्यो

Sharing is caring!

चैत २८,२०८१ । यस हप्ता युरो र अमेरिकी डलरको भाउ लगातार बढ्दै गएको छ। सोमबारदेखि बुधवारसम्मको उतारचढावपछि आज पनि युरो र अमेरिकी डलरको भाउमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले आजको लागि युरोको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ। यसअघि बुधवार युरोको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा थियो।

अमेरिकी डलरको पनि भाउ बढेको छ। आज अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा थियो।

यसैगरी, अन्य प्रमुख मुद्राहरूको भाउ पनि यस हप्ता बढेको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्रयांकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

यसका अतिरिक्त, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैङ्कका अनुसार, यो विनिमयदर आवश्यकतानुसार कुनै पनि समय संशोधन गर्न सकिन्छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर केन्द्रीय बैङ्कका वेबसाइटमा अपडेट हुने जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *