समाचार

शिक्षामन्त्री पन्त भन्छन्- एआईको प्रयोग संयमित नभए विनाशकारी बन्न सक्छ

Sharing is caring!

जेठ ९, २०८२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सदुपयोग गर्न सकेमा यो मानव समाजका लागि सहयोगी बन्ने तर दुरुपयोग भयो भने घातक नतिजा दिन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले पछिल्लो समय एआईको प्रयोगमा देखिएको लापरबाहीले गम्भीर चासोको विषय उठाएको बताए। “हामी नेपालमै मात्रै होइन, विश्वभर एआईको अनुचित प्रयोगले मानिसहरूलाई पीडित बनाएको दृश्य देखिरहेका छौं,” उनले भने, “यस्ता कार्य रोक्नु आजको प्रमुख चुनौती हो।”

उनले पत्रकारिता क्षेत्रमा पनि एआईको प्रयोगप्रति जिम्मेवारीपूर्वक ध्यान दिनुपर्ने बताए। “यदि हामी पत्रकारिताको मूल्य र मान्यतालाई कायम राखेर अघि बढ्यौं भने एआई हाम्रो सहयोगी बन्न सक्छ,” मन्त्री पन्तले स्पष्ट पारे, “तर त्यही मूल्यमा सम्झौता गरियो भने यही प्रविधि समाजका लागि विध्वंसकारी बन्न सक्छ।”

मन्त्री पन्तले प्रेस आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै मिडियाले कुनै व्यक्तिलाई अनुचित रूपमा लक्षित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको धारणा राखे।

उनको भनाइमा, “पत्रकारिता क्षेत्रले नैतिक सीमारेखा निर्धारण गरेर काम गरे मात्र एआईको उपयोग सुरक्षित र समाजोपयोगी हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *