देश

टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

Sharing is caring!

भदौ १२, २०८१ । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको  (टीआरसी) विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ ।

सभामुख देवराज घिमिरेले दुवै सदनले पारित गरेको विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *