देश

संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका प्रशंसनीय : अध्यक्ष प्रचण्ड

Sharing is caring!

वैशाख २०, २०८२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत कार्यान्वयनमा उल्लेखनीय योगदान दिएको बताएका छन्।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक तथा सामाजिक रूपान्तरणका लागि भएका आन्दोलनदेखि संविधान निर्माणसम्मको यात्रामा पत्रकारिताको भूमिका अतुलनीय रहेको उल्लेख गरेका हुन्।

उनले भनेका छन्, “महान जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संविधान तथा गणतन्त्रलाई संस्थागत गर्न नेपाली प्रेसको सक्रियता प्रशंसायोग्य छ।”

सन्देशमा उनले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको संरक्षण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै प्रेस जगतले व्यावहारिक रूपमा संवैधानिक मर्म कार्यान्वयनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

“प्रेस स्वतन्त्रता दिवसले पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितातर्फ प्रेरित गरोस्,” उनले शुभकामना सन्देशमा भनेका छन्, “यसले समतामूलक, समावेशी र समृद्ध समाज निर्माणमा मार्गदर्शन गरोस् भन्ने शुभेच्छा छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *