विजनेस

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

Sharing is caring!

वैशाख १२, २०८२ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला एक हजार रुपैयाँले घटेको छ।

बिहीबार प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रति तोला २ हजार १० रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँ घट्दै २ हजार रुपैयाँमा झरेको हो।

यो मूल्य घटबढ अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावसँग सम्बन्धित रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *