प्रतितोल ६ सयले महँगियो सुन
वैशाख २५, २०८२ । बिहीबार सुनको मूल्य पुनः बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

