सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड
असोज १८, २०८१ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो ।
बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ९०० रूपैयाँमा कारोबार भएको थियो । जसअनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको हो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।

