विजनेस

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, १ तोला सुनको मूल्य १ लाख ८१ हजार नाघ्यो

Sharing is caring!

चैत २८,२०८१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेर १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँमा पुगेको थियो, जुन अघिल्लो दिन २ हजार रुपैयाँले वृद्धि भएको थियो। यसअघि, चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँसम्म पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बुधबार चाँदीको मूल्य १८ सय ३५ रुपैयाँ थियो।

सुन र चाँदीको मूल्यमा भएको तीव्र वृद्धि बजारमा नयाँ आर्थिक उथलपुथल ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *