विजनेस

सुनको भाउ बढ्दा चाँदी स्थिर

Sharing is caring!


कार्तिक १, २०८१ । नेपाली बजारमा बिहीबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

बुधबार सुनको भाउ तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

बुधबार तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *