विजनेस

सुनको मूल्यमा नयाँ कीर्तिमान: प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुग्यो

Sharing is caring!

चैत ५,२०८१ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि भई १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो।

यसअघि, गएको शुक्रबार सुनको भाउ १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर २ हजार ५० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *