विजनेस

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

Sharing is caring!

असार ६, २०८१ ।  बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *