समाचार

सरकार आफ्ना ‘भ्रष्ट’ मान्छे जोगाउन लागिरहेको छ : रवि लामिछाने

Sharing is caring!

फागुन ६, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने र निर्दोषलाई फसाउने काममा लागिरहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बालकुमारी घटनामा दोषी प्रमाणीत भएक भएका मन्त्री प्रकाश ज्वालालाई केही कारबाही नगरेर मन्त्री र सरकाले नैतिकताको प्रदर्शन नगरेको बताए ।

‘बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बस्यो । र अहिले छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा भन्दै आएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पा¥यो । तर अहिलेसम्म मन्त्रीले आफ्नो नौतिकताको प्रदर्शन गरेको छैन् । न सरकार न प्रधानमन्त्रीले ।

उनले भने,‘ यसमा गर्नुपर्ने के होला ?चुईक्क नबोलेर अन्य विषयमा भाषण गरेर दिँदै जाने नौतिकता कहाँबाट आउँछ ? यसको जवाफ चाहिन्छ । सरकार प्रमाण कतै नभएकालाई खोजेर भएपनि, नक्कली बनाएर भएपनि जसरी पनि थुन्छ । छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने हो भने विधिको शासनकोबारे नबोले पनि हुन्छ ।’

उनले भ्रष्टाचारको फाइल रास्वपाका मान्छेबाटै खोल्न चुनौति दिंदै ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारले आफ्ना मान्छे जोगाउने काम गरेको पुष्टि भइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *