इन्द्रचोकको चुरा–पोते बजारमा साउने रौनक (फोटो फिचर)
साउन २, २०८१ । साउन महिना लागेसँगै काठमाडौंको इन्द्रचोकका पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरू हरिया, पहेँला र रातो चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको आउन थालेका हुन् ।

हिन्दु धर्म अनुसार साउन महिनामा महिलाहरू हरिया, रातो र पहेँला चुरा, पोते र मेहेन्दी लगाउने चलन छ ।






