मनोरञ्जन

घर बनाउने सोचलाई चुनौती दिने फिल्म ‘के घर के डेरा : घर नम्बर २’लाई युनिभर्सल सर्टिफिकेट

Sharing is caring!

वैशाख ३०, २०८२ । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। निर्देशक दीपेन्द्र के. खनालका अनुसार फिल्मले आइतबार युनिभर्सल प्रमाणपत्र पाएको हो।

यस सर्टिफिकेटसँगै अब फिल्म सबै उमेर समूहका दर्शकले बिना प्रतिबन्ध हेर्न पाउने भएका छन्।

फिल्मको केही दिनअघि सार्वजनिक गरिएको ट्रेलरले शहरी मध्यम वर्गीय परिवारको जीवनशैली, संघर्ष र रहनसहनलाई चित्रण गरेको छ। निर्देशक खनालका अनुसार फिल्मले ‘घर बनाउने’ परम्परागत सोचमा चुनौती दिने प्रयास गरेको छ।

फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी र आर्यन सिग्देलले प्रमुख भूमिका निर्वाह गरेका छन्।

नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।

के घर के डेरा : घर नम्बर २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *