समाचार

मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि सार्वजनिक गरिने

Sharing is caring!


असार ३१, २०८१ । सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टा अगाडि नै सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएका कारण, २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ । मन्त्रीहरुले पनि त्यसलाई बाहिर लैजान पाउँदैन, तर आजको निर्णय २४ घण्टापछि मात्र भन्नुपर्ने आजै भनिदो रहेछ । यो त गोपनियताको विपरीत हुन्छ । अब दोस्रो बैठकदेखि मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टा पछि मन्त्रालयबाट जानकारी गराइनेछ ।

त्यस्तै सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने निर्णय समेत गरेको उनले जानकारी दिए ।

साथै २०८२ साल असार मसान्तसम्म नेपाललाई सडकबालबालिका मुक्त गराउने, नेपाल सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्न र विपद्का कारण बेपत्ता भई घट्ना घटेको १० दिन सम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने लगायतका निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *