समाचार

आज देशभरको मौसममा बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

Sharing is caring!


वैशाख २६, २०८२ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य भागमा मौसम सफा देखि आंशिक बदली रहेको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा केही स्थानमा हल्को वर्षासहित हिमपात पनि हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि देशको पहाडी भागमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले चट्याङ, वर्षा र हिमपातको सम्भावनाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्‍याउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *