समाचार

तनहुँको आँबुखैरेनीमा भारतीय बस दुर्घटना, १५ यात्रु अचेत

Sharing is caring!


भदौ ७, २०८१ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस साढे ११ बजेतिर मर्स्याङ्दी नदीमा खसेको हो ।

नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँ प्रहरीले जनाएको छ ।

बसमा भारतीय पर्यटक रहेको बुझिए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय तनहुँका उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *