विजनेस

बजेटले दिर्घकालीन परिणाम र प्रतिफल दिंदैन : पूर्वअर्थमन्त्री महत

Sharing is caring!

जेठ १८, २०८१ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकाले ल्याएको बजेटले दिर्घकालिन परिणाम र प्रतिफल दिने खालको नरहेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा कार्यक्रममा उनले आन्तरिक ऋण जुन मात्रामा बढाइएको छ त्यसले बैदेशिक ऋणको प्रस्तावित ऋण पनि कार्यान्वयन गर्न कठिन हुने बताए ।

उनले भने,‘अहिले चित्त बुझाउने मात्र होइन् नि दिर्घकालिन परिणाम र प्रतिफल नआउने लगानी गर्ने छुट हामीलाई छैन् । किनकी हामी ऋण लिएर लगानी गर्दैछौं । ऋणको साँवा ब्याज तिरेर पनि केही थप गर्ने लक्ष्य राख्नुप¥यो नि । त्यो नराखी ऋणमा निर्भरता गर्ने भनेको अत्यन्तै गलत नीति हो । जुन मात्रामा बढाइएको छ यो ठिक होइन् । बैदेशिक ऋणको हकमा प्रस्तावित ऋण पनि कार्यान्वयन क्षमता कठिन छ । यसले गर्दा बजेटले राखेको प्रस्ताव कार्यान्वयन नहुने अवस्था आउँछ ।’

उनले ८९ अर्ब आन्तरिक ऋण यस बर्ष प्रस्तावित गरेको भनेर बढाएको भन्दै यसले निजी क्षेत्रले प्राप्त गर्ने ऋणमा दवाव पर्ने बताए । सरकारले ऋण लिएर वितरण गर्ने नीति लडाकुलाई भरणपोषण गर्ने र सिमित साधन स्रोतको ठूलो दुरुपयोग गर्ने मनसायले लिएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *