अखवार

कैलाश सिरोहिया पक्राउ प्रेस स्वतन्त्रतासँग नजोडिएको सत्तापक्षको दाबी

Sharing is caring!

जेठ ११, २०८१ । सत्तापक्षका प्रमुख नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोड्न नहुने धारणा राखेका छन् । सिरोहियाको गिरफ्तारी कुनै समाचार लेखेको कारण नभई फौजदारी अभियोगमा भएको भन्दै सत्तापक्षीय प्रमुख नेताहरू बचाउमा उत्रिएका हुन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिरोहिया पक्राउमा ‘हृयु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको धारणा राख्नुभयो । ‘जस्तो हृयु एण्ड क्राई भन्छन् नि त्यो भइराखेको छ । त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुनसक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन । सञ्चार माथिको हमला भनेर,’ उहाँले भन्नुभयोे, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित ग¥यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानविन गर्नुपर्ने देख्यो…’

उहाँले मन्त्री, ‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भनेर प्रतिप्रश्न गर्दै एकजना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताउनुभयो । ‘कोही समाउँदाखेरी, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने रु डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए रु सही हो या गलत म त्यता जान चाहन्नँ । टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला । तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको हो ? भन्दै प्रतिप्रश्न पनि गर्नुभयो । ‘के लेखेको आरोप उनीमाथि लागेको छ रु म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले रु अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उहाँले भन्नुभयो । देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उहाँको भनाइ थियो ।

यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिनुभएको थियो । काठमाडौंको चन्द्रागिरिमा पत्रकारहरूको प्रश्नमा जवाफ दिनुभएका प्रचण्डले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताउनुभएको थियो । ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियोे, ‘बढ्ता हो-हल्ला गर्न जरुरी छैन । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइहाल्छ ।’

यस्तै, गृहमन्त्री रवि लामिछाने नेतृत्वको रास्वपाले बुधबार विज्ञप्ति जारी गरी धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनमा कानुनभन्दा माथि कोही नहुने प्रतिक्रिया दिइसकेको छ । साथै सिरोहियाको पक्राउ प्रेस स्वतन्त्रताको विषय नभएको रास्वपाको भनाइ छ । उसको विज्ञप्तिमा लेखिएको छ– नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन, अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चार माध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जित होस् । यो खबर हिमालय टाईम्सबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *